पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु

पोखरा । स्कुलबस दुर्घटनामा हुँदा पोखरामा पाँच जनाको मृत्यु भएको छभने १४ जना घाइते भएका छन् ।

शुक्रबार पोखरा महानगरपालिका– २८ स्थित माझठानाबाट विद्यार्थी लिएर आउँदै गरेको कालिका बोर्डिङ स्कुलको ग.२ ख १४१७ नम्बरको बस ओख्ले भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकबाट करीब दुई सय मिटर तल भिरमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी प्रमुख (एसपी) नवीन कार्कीले मृत्यु हुनेमा चार विद्यार्थी र एक जना बसका स्टाफ रहेको जानकारी दिएका छन् ।

दुर्घटनामा परी अन्य १४ जना विद्यार्थी घाइते भएका छन् । उनीहरूको पोखराका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

Published : Friday, 2026 October 9, 2:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया