नापी कार्यालयका सर्वेक्षक साहविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपियाँ घुस, रिसवतको रकमसहित रंगेहात पक्राउ परेका नापी कार्यालयका सर्वेक्षक शिवकुमार साहविरुद्ध आरोपपत्र दायर गरेको छ ।
बुधबार अख्तियारले विशेष अदालत, काठमाडौंमा सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका, वडा नं. १ स्थित नापी कार्यालय, बर्दिवासमा कार्यरत सर्वेक्षक साहले जग्गाको अंशबण्डा मुताविकको नक्सा ट्रायल चेक गरी नक्सा संशोधन गरिदिनको लागि दुःख हैरानी दिई सेवाग्राहीसँग घुस, रिसवत माग गरेका थिए ।
सोही उजुरी र सूचना निवेदनका आधारमा अख्तियारको टोलीले सर्वेक्षक साहलाई सेवाग्राहीबाट घुस (रिसवत) वापत एक लाख रूपियाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सर्भेक्षक साहले जग्गाको अंशबण्डा मुताविक नक्सा ट्रायल चेक गरी त्यसको आधारमा नक्सा संशोधन गरिदिने कार्यमा आलटाल गरी दुःख हैरानी दिई सेवाग्राहीसँग घुस (रिसवत) माग गरी एक लाख रूपियाँ लिएको पुष्टि भएकोले साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा बिगो एक लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया