बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा पौडेलको उम्मेदवारी, पूरै प्यानललाई विजय बनाउन अपील
काठमाडौं । प्रतिष्ठित व्यवसायी नरिश्वर शर्मा पौडेल (भूमिराज)ले बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको अध्यक्ष पदमा उम्मेदवार बनेका छन् ।
बुधबार बुटवलमा पत्रकार सम्मेलन गरेर पौडेलले व्यवसायीका समस्या समाधान, संघको संस्थागत सुदृढीकरण, औद्योगिक क्षेत्रको व्यवस्थापन तथा निजी क्षेत्रको हितलाई प्राथमिकतामा राखेर आफू अध्यक्ष पदमा उम्मेदवार बनेको बताए । उनले आफू नेतृत्वको पूरै प्यानललाई मतदान गरेर विजयी बनाउन मतदाताहरूसँग अपील गरेका छन् ।
पौडेलले पछिल्लो समय सुस्ताउँदै गएको बजारलाई पुनः चलायमान बनाउँदै बुटवललाई आर्थिक शहरका रूपमा विकास गर्ने योजना रहेको बताएका छन् ।
आफ्नो व्यवसायिक अनुभव र रोजगारी सिर्जनालाई संघको नेतृत्वमा समेत जोड्ने बताउँदै पौडेलले उद्योगी–व्यवसायीका समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने बताए ।
संघको ७३औँ वार्षिक साधारणसभा तथा २६औँ अधिवेशन आगामी असोज २३ गतेदेखि सुरु हुँदैछ । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।
पौडेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा निर्मित कसजु, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा, महासचिवमा बसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा प्रतिक पोखरेल, सचिवमा दीपकप्रसाद चापागाईं, सहकोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु)ले उम्मेदवारी दिएका छन् ।
सदस्यहरूको उम्मेदवारमा भानुभक्त खत्री (भानु), सुनिता बञ्जाडे, कृष्णप्रसाद पाण्डे, ज्ञानबहादुर पुन, लेखनाथ भण्डारी, गणेशप्रसाद भट्टराई, उमेश अमात्य, जगन्नाथ न्यौपाने, रामबहादुर भण्डारी, रेनु श्रेष्ठ, मञ्जु पुरी गिरी, विष्णु घिमिरे पन्त (कमला), दीपक घिमिरे, प्रदीप शाक्य, अलिम दिन, कृष्ण श्रेष्ठ (कुलप्रसाद), शिवदेव अर्याल र विष्णु उपाध्याय रहेका छन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया