कांग्रेस नेतृ कोइरालाद्वारा खुला महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ मृदुला कोइरालाले खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छिन् ।
मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा नेतृ कोइरालाले महिलातर्फको खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी हुन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मोरङ जिल्लाबाट नेतृ कोइरालाले महाधिवेशन प्रतिनिधि बनेर प्रतिनिधित्व गरिरहेकी छिन् ।
महाधिवेशनको यस महत्वपूर्ण अवसरमा अग्रज, साथीहरू तथा सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूसँग निरन्तर संवाद र सहकार्यमा रहने नेतृ कोइरालाले बताएकी छिन् ।
उनले एकताबद्ध कांग्रेस, सुदृढ संगठन र सम्मानित कार्यकर्तालाई प्राथमिकतामा राख्दै आफूले १५औँ महाधिवेशनमा सहभागिता जनाएको बताएकी छिन् ।
Published : Tuesday, 2026 October 6, 11:18 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया