कांग्रेस नेता शाहद्वारा मधेशी कोटातर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता अभिषेकप्रताप शाहले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा नेता शाहले मधेशी कोटातर्फको सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिनिधि सभामा नेपाली कांग्रेस संसदीय दलको उपनेता समेत रहेका शाहले कांग्रेसको पदाधिकारीमा मनोनयन दर्ता गराएका हुन् ।

Published : Tuesday, 2026 October 6, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया