देउखुरीमा अटो र बस ठोक्किएर दुर्घटना, प्यूठानका दुई जनाको मृत्यु
लमही । दाङको देउखुरीमा यात्रुवाहक बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा प्यूठानको सरुमारानी गाउँपालिका–५ हातिखाल निवासी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमै मगर रहेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ ।
प्यूठानबाट लमही बजार आएर प्यूठानतर्फ फर्किने क्रममा दाङको देउखुरीस्थित लमही नगरपालिका–३ मजगाउँ चोकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ह १५७१ नम्बरको अटो र भालुवाङबाट लमहीतर्फ आउँदै गरेको यात्रु बस एकआपसमा ठोक्किएका थिए ।
प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको ट्रकलाई उछुनेर अटो अगाडि जान खोज्दा पूर्वबाट तिब्रगतिमा लमहीतर्फ आउँदै गरेको यात्रु बसमा ठोक्किन पुगेको थियो ।
दुर्घटनामा अटो चालक सरुमारानी गाउँपालिका–५ पाखापानीका जीतबहादुर पल्ली मगर, सोही ठाउँकी संगीता सोमै मगर र नौबहिनी गाउँपालिका–८ लुप्लुङका २८ वर्षीय गोपाल अधिकारी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते तीन जनाको लमही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया