जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंसहित विभिन्न स्थानमा जुवा तासे खेलिरहेको अवस्थामा २० जनालाई नगदसहित पक्राउ गरेको जनाएको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ गैरीगाउँ सुनखरी टोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं बौद्ध नयाँबस्ती बस्ने दोलखा जिरी नगरपालिका–३ घर भएका ४८ वर्षीय ङिम लाक्पा शेर्पा समेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९१ हजार ५ सय रूपियाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।
उता, झापाको मेचीनगर नगरपालिका–१० धुलाबारीस्थित सेकुवा कर्नरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१० बस्ने ३७ वर्षीय किरण लम्साल समेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८ हजार ५ सय २० रूपियाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।
त्यसैगरी, बाँकेको नेपालगंज उपमहानगरपालिका–५ रामनगरस्थित क्याफेमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–५ बस्ने ३५ वर्षीय सन्तोष गुप्ता समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार रूपियाँ र ८ बुक तास सहित पक्राउ गरेको छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया