सुनकोशी गाउँपालिका- ६ को सभापतिमा भण्डारी सर्वसम्मत, थापासहितका नेताहरू क्षेत्रीय प्रतिनिधि चयन
सुनकोशी । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नं. ६ को अधिवेशन सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न भएको वडा अधिवेशनले वडा सभापतिमा रविन्द्र भण्डारी सर्वसम्मत निर्वाचित गरेको छ । भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको कांग्रेसका युवा नेता एवम् पूर्व वडाध्यक्ष रामकुमार थापाले जानकारी दिएका छन् ।
वडा सम्मेलनले युवा नेता थापासहितका नेताहरू सर्वसहमतिमा क्षेत्रीय प्रतिनिधि निर्वाचित गरेको छ ।
सिन्धुपाल्चोक नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको गृहजिल्ला पर्छ । सिन्धुपाल्चोकमा धमाधम हर्सोल्लासका साथ देउवा पक्षीय नेताहरूले वडा अधिवेशनहरू गरिरहेका छन् ।
Published : Friday, 2026 October 2, 5:50 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया