कांग्रेसको बेलकोटगढी–६ को वडा अधिवेशनमा रामहरि नेपाल सभापतिमा सर्वसम्मत

बेलकोटगढी । शेरबहादुर देउवा पक्षीय नेताहरूको नेपाली कांग्रेस बेलकोटगढी नगरपालिका वडा नं. ६ को वडा अधिवेशन सम्पन्न भएको छ ।

बिहीबार भएको अधिवेशनले रामहरि नेपाललाई वडा सभापतिमा सर्वसम्मत निर्वाचित गरेको छ । अधिवेशनबाट सचिवमा बसन्त तामाङ र सहसचिवमा बद्रीप्रसाद पौडेल चयन भएका छन् ।

नेपाली कांग्रेस नुवाकोटका जिल्ला सदस्य अर्जुन नेपाल र निर्वाचन अधिकृत प्रेमराज लबटको उपस्थितिमा सम्पन्न अधिवेशनले क्षेत्रीय प्रतिनिधिहरूमा हेमन्त नेपाल, शुकदेव दाहाल, घननाथ ढुंगाना, चन्द्र बम्जन, शिवराम रिजाल, सरोज अधिकारी र दुर्गा चालिसेलगायतलाई चयन गरेको छ ।

अधिवेशनले बाँकी सदस्य तथा वडा कार्यसमितिलाई पूर्णता दिने जिम्मेवारी नवनिर्वाचित कार्यसमितिलाई दिएको छ । अधिवेशनमा नेपाली कांग्रेसका क्रियाशील सदस्यहरूको उल्लेखनिय सहभागिता रहेको थियो ।

Published : Friday, 2026 October 2, 11:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया