कांग्रेस नेता खतिवडा ओखलढुङ्गाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद रामहरि खतिवडा महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित भएका छन् ।

ओखलढुङ्गा जिल्लामा बिहीबार सम्पन्न कांग्रेसको मतगणनाअनुसार खतिवडाले १ हजार मत पाएर निर्वाचित भएका हुन् । नेता खतिवडा लोकप्रिय मतसहित निर्वाचित भएको कांग्रेसले जनाएको छ ।

खतिवडाले केन्द्रीय महाधिवेशन प्रतिनिधि खुलातर्फ आफ्नो उम्मेदवारी दिएका थिए । शेरबहादुर देउवा पक्षीय नेता खतिवडा केही दिन अगाडि मात्रै अधिवेशनमा खुलेर लागेका थिए ।

Published : Friday, 2026 October 2, 9:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया