भृकुटीमण्डपकै शैलीमा जनसम्पर्क समिति जर्मनीलाई हाइज्याक

ह्याम्बर्ग । नेपाली कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेका बेला नेपाली जनसम्पर्क समिति जनर्मनीको नामबाट अबैधानिक व्यक्तिहरूलाई संगठनलाई हाइज्याक गरेर अधिवेशन सम्पन्न भएको दाबी गरेका छन् ।

भृकुटीमण्डपको तथाकथित विशेष महाधिवेशनको नाममा नेपाली कांग्रेसका हाइज्याक गरेर गगन थापाले आफूलाई सभापति घोषणा गरेजस्तै नेपाली जनसम्पर्क समिति जर्मनीमा पनि मानवकुमार श्रेष्ठले आफूलाई सभापति घोषणा गरेका छन् । कांग्रेस कब्जा गर्ने गगन थापाकै शैलीमा जर्मनीमा पनि केही तत्व सक्रिय भएपछि नेपाली जनसम्पर्क समिति जर्मनीका इमान्दार नेता तथा कार्यकर्ताहरू चिन्तित बनेका छन् ।

नेपाली जनसम्पर्क समिति जर्मनीलाई हाइज्याक गर्ने समूहको नाइके दिलबहादुर गुरुङ हुन् ।

बदलिएको २.० कांग्रेसका देवराज चालिसेले जर्मनी लगायत युरोपका केही देशहरूको भ्रमण गरेर आफू निकटका आसेपासे, धुपौरे, डोनरहरूलाई उक्साएर गएपछि त्यसको प्रभाव जर्मनीमा पनि देखिएको छ ।

नेपाली जनसम्पर्क समिति जर्मनीका सभापति शिखर खड्का, महासचिव सिजन दाहाल लगायतका बहुमत पदाधिकारी र सदस्यहरूलाई जानकारी नै नदिएर अधिवेशनको नाममा नेपाली जनसम्पर्क समिति जर्मनीलाई मानवकुमार श्रेष्ठ समूहले कब्जा गरेका हुन् ।

नेपाली जनसम्पर्क समिति जर्मनीका महासचिव सिजन दाहालले सामाजिक सञ्जालमार्फत् सो कार्यप्रति आपत्ति जनाउँदै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘मानवकुमार श्रेष्ठलाई सर्वसम्मत रूपमा सभापति निर्वाचित भएको भनिएको छ । तर, यो अधिवेशन नेपाली जनसम्पर्क समिति, जर्मनीको अधिवेशनभन्दा पनि ह्याम्बर्ग राज्यको अधिवेशन देखिएको छ,’ दाहालले भनेका छन् ।

सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री लगायतका सम्पूर्ण महत्वपूर्ण पदहरूमा ह्याम्बर्ग राज्यकै प्रतिनिधित्व देखिनुले पनि जर्मनीभरिका राज्य तथा तत्कालीन कार्यसमितिको समुचित सहभागिता र प्रतिनिधित्वबारे गम्भीर प्रश्न उठेको छ ।’

‘हामी बदलिएको कांग्रेस निर्माण गर्ने अभियानमा छौँ । त्यसैले नेपाली जनसम्पर्क समिति, जर्मनीको अधिवेशनजस्तो महत्वपूर्ण प्रक्रियामा जर्मनीभरिका राज्य समिति तथा तत्कालीन कार्यसमितिलाई नसमेटी, समावेशी, पारदर्शी र विधिसम्मत ढंगले अधिवेशन सम्पन्न नहुनु दुखद् बिषय छ,’ दाहालले भनेका छन् ।

‘कुनै व्यक्ति वा समूह विशेषको स्वार्थभन्दा माथि उठेर संस्था, संगठन र नेपाली कांग्रेसको हितलाई केन्द्रमा राख्दै सत्यतथ्यमा आधारित भएर अघि बढ्नु आजको आवश्यकता हो,’ दाहालले भने, ‘भ्रमपूर्ण समाचार र एकपक्षीय गतिविधिले कसैलाई पनि फाइदा गर्दैन, बरु यसले संगठनलाई कमजोर बनाउँछ ।’

अझ अच्चमको कुरा त के छभने ? जर्मनीको नागरिकता लिएकाहरू पनि महाधिवेशन प्रतिनिधि बनेर बदलिएको २.० कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन आउन लागेका छन् । नेपालको कानूनअनुसार विदेशी नागरिकता वा राहदानी लिएका व्यक्तिलाई मतदानको अधिकार रहँदैन ।

जर्मनीबाट महाधिवेशन प्रतिनिधि बनेर आउन लागेकाहरू चोरबाटोबाट मतदान गर्ने रणनीतिमा लागेका छन् । सूर्य तिवारी, शंकर डाँगीले जर्मनीको राहदानी लिएका छन् । उनीहरूले गगन थापालाई आर्थिक सहयोग गरेका कारण पनि महाधिवेशन प्रतिनिधि बनेर कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन जान लागेको जर्मनीमा चर्चा छ । महाधिवेशन प्रतिनिधि बनेका सूर्य तिवारी केही दिन अगाडिसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)तिरै लागेका थिए ।

Published : Thursday, 2026 October 1, 11:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया