रास्वपा सांसद आचार्यद्वारा राष्ट्रको स्वाभिमान झल्किने मुद्राको सिम्बोलन बनाउन आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री समेत रहेका सांसद विपिनकुमार आचार्यले एक्स्ट्रा अर्डिनरी बन्न कोसिस गरिरहेको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले भने, ‘म औसत क्षमताको इन्जिनियर भएर होला मलाई हरेक विधाका क्षमता, नियत र तथ्यमा अब्बल व्यक्तिहरू एक्स्ट्रा अर्डिनरी लाग्छ । म आफैँ पनि एक्स्ट्रा अर्डिनरी बन्न कोसिस गर्दैछु ।’
रास्वपाका सांसद एवम् महामन्त्री आचार्यले प्रधानमन्त्री बालेन्द्र शाहतर्फ संकेत गर्दै आफू औसत क्षमताको इन्जिनियर भएको र एक्स्ट्रा अर्डिनरी बन्न कोसिस गरिरहेको बताएका छन् ।
सांसद आचार्यले नेपालले आफ्नो मुद्राको संकेत बनाउनुपर्ने बताएका छन् । उनले भने, ‘संसारका जति पनि पावरफुल मुद्राहरू छन् । डलर, युरो, पाण्ड अथवा जापनिज ऐन इभन छिमेकी राष्ट्रको युवान र भारतको भारुको पनि आफ्नै सिम्बोलहरू छ ।’
अहिलेको ग्लोबल फिन्टेक एजमा नेपालको पनि आफ्नै मुद्राको सिम्बोल भयो भने त्यसले धेरै सहज हुने सांसद आचार्यले बताए ।
देवानगरीको मौलिकता र राष्ट्रको स्वाभिमान झल्किने मुद्राको सिम्बोलन बनाउन उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकको ध्यानाकर्षण गराएका छन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया