मोरङ ६ को घट्नामा मेरो नाम जोडेर दुष्प्रचार नगरियोस् : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मोरङको क्षेत्र नं. ६ मा अधिवेशनस्थलमा भएको घटनासँग आफूलाई जोडेर भएको दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

बिहीबार कांग्रेस नेता डा.कोइरालाको निजी सचिवालयले प्रेस नोट जारी गरेर मोरङ ६ को घटनामा नेता डा.शेखर कोइरालाको कुनै संलग्नता नरहेको जनाएको हो ।

‘१५औं महाधिवेशन अन्तर्गत मोरङ जिल्ला संघीय क्षेत्र नं. ६ को अधिवेशन स्थलमा हिजो (२०८३ असोज–१४ गते) भएको घट्ना र उक्त घट्नासँग नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको नाम समेत जोडेर गरिएको दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

‘डा.शेखर कोइराला पार्टीको एकता महाधिवेशनका पक्षमा रहनुभएको र दुवै महाधिवेशन प्रक्रियाबाट तटस्थ रहनुभएकाले उक्त घट्नामा उहाँको कुनै पनि किसिमको संलग्नता नरहेको जानकारी गराउँदछु,’ सहयोग दिनेशचन्द्र थपलियाले भनेका छन् ।

नेता डा.कोइरालाले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

तथाकथित विशेष महाधिवेशनको नाममा नेपाली कांग्रेस हाइज्याक गरेको समूहले गरेको अधिवेशनमा तीघ्रे, मुङ्ग्रेहरूलाई साथमा लिएर पुगेक नेतृ डिला संग्रौलाले पावर देखाएर अधिवेशन कब्जा गर्न खोजेपछि कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले लखेटेका थिए । त्यस क्रममा झडप हुँदा केही नेता तथा कार्यकर्ता घाइते भएका थिए भने नेतृ डिला संग्रौला भने कार्यकर्ताको मोटोरसाइकलमा चढेर भागेकी थिइन् ।

त्यसपछि नेतृ डिला संग्रौलाले मिडियाबाजी गरेर नेता डा.शेखर कोइरालाको निर्देशनमा आक्रमण भएको भनेर गलत प्रचार गरेकी थिइन् ।

Published : Thursday, 2026 October 1, 7:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया