प्यूठान नगरपालिका- ४ मा कांग्रेसको वडा अधिवेशनमा विष्णु थापा सभापतिमा सर्वसम्मत
बिजुवार । नेपाली कांग्रेस प्यूठानले प्यूठान नगरपालिका वडा नं. ४ बाट वडा अधिवेशन शुरु गरेको छ ।
शेरबहादुर देउवा पक्षीय नेताहरूको उपस्थितिमा बिहीबार भएको प्यूठान वडा नं. ४ को वडा अधिवेशनबाट सभापतिमा विष्णु थापा मगर सर्वसम्मत चयन भएका छन् । कार्यसमितिका पदाधिकारी र सदस्यहरू पनि सर्वसम्मत भएको नेपाली कांग्रेस प्यूठानका संयोजक ईश्वरसिंह विष्टले जानकारी दिएका छन् ।
प्यूठान नगरपालिका वडा नं. ४ ले क्षेत्रीय प्रतिनिधिहरू पनि सर्वसम्मत चयन गरेको संयोजक विष्टले बताएका छन् । संयोजक विष्टले क्रमशः सबै वडाहरूमा अधिवेशन गर्ने र संयोजकहरू मनोनयन गरिएको बताएका छन् । उनले सबैलाई अधिवेशनमा सहभागी हुन अनुरोध गरेका छन् ।
Published : Thursday, 2026 October 1, 5:14 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया