देउवा पक्षीय नेताहरूद्वारा कांग्रेसबाट प्रदेश सभा र स्थानीय तहमा उम्मेदवार बन्न इच्छुकहरूको नामावली संकलन

काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले प्रदेश सभा र स्थानीय तह निर्वाचनका इच्छुक उम्मेदवारहरूको सूची तयार पर्ने कार्यको थाली शुरु गरेको छ ।

बुधबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा समितिका संयोजक प्रा.डा.शशांक कोइरालाको संयोजकत्वमा बसेको बैठकमा तत्कालीन सहमहामन्त्री उमाकान्त चौधरीद्वारा पेस गरिएको प्रस्ताव प्रदेश सभा र स्थानीय तहको निर्वाचनका लागि इच्छुक उम्मेदवारहरूको नामावली संकलन गर्ने उल्लेख छ ।

‘प्रदेश सभा, स्थानीय तह (गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाका प्रमुख/उपप्रमुख र वडाध्यक्ष, सदस्य) निर्वाचनका लागि सम्बन्धित तह र समितिले इच्छुक उम्मेदवारहरूको नामावली सङ्कलन र उपयुक्त उम्मेदवारको छनौटका लागि आवश्यक प्रक्रिया प्रारम्भ गर्नेछन्,’ प्रस्तावमा भनिएको छ ।

सरकारले प्रदेश सभा र स्थानीय तहको निर्वाचन एकैसाथ गर्ने तयारी गरेको भनेर चर्चा भइरहेका बेला शेरबहादुर देउवा पक्षीय कांग्रेस नेताहरूले इच्छक उम्मेदवारहरूको नामावली संकलनको तयारी गरेको छ ।

नेपाली कांग्रेसका हाइज्याकरले पार्टीको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर अगाडि बढ्न खोजेपछि अदालतबाट निस्सा पाएको देउवा पक्षले पनि समानान्तर गतिविधि गर्दै आएको छ ।

Published : Wednesday, 2026 September 2, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया