उद्धारमा ढिलासुस्ती, मित्रराष्ट्रहरूबाट विज्ञ र अत्याधुनिक प्रविधि ल्याएर खोजी गरौँ : संयोजक डा.कोइराला
काठमाडौं । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले रसुवाको भोटेकोशीमा आएको अप्रयाशित बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडामा रहेको जनाएको छ ।
बुधबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा संयोजक प्रा.डा.शशांक कोइरालाको सभापतित्वको बैठकले मित्र राष्ट्रहरूबाट अत्याधुनिक सामग्रीसहित विशेषज्ञहरूको टोली ल्याएर यथाशीघ्र खोजी, उद्धारका लागि सरकारसँग आग्रह गरेको छ ।
बैठकपछि सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘गत भाद्र १० गते बुधबारका दिन रसुवाको भोटेकोशीमा आएको अप्रत्याशित, कहालिलाग्दो, त्रासदिपूर्ण विनासकारी महाविपत्तिमा परी ज्यान गुमाएका समस्त नेपाली र विदेशी नागरिको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरी श्रद्धाञ्जलि अर्पण ग¥यौं ।’
‘बाढीबाट हालसम्म सयौंको ज्यान गएको, हजारौं बेपत्ता भएको, सयौं व्यक्ति घाइते भएको र हज्जारौं परिवार विस्तापित भएको पीडादायी अवस्थामा छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘विपद्को घटनाले पु¥याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछौं ।’
‘उनीहरूको खोजी, उद्धार, कार्यमा भएको ढिलासुस्तीले हामीलाई गम्भीर बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘खोजी र उद्धारको कार्यमा देशभित्र र बाहिर रहेको विज्ञहरू र मित्रराष्ट्रहरूबाट विज्ञहरू झिकाई अत्याधुनिक प्रविधिको प्रयोग गरी यथाशीघ्र खोज र उद्धार गर्न आग्रह गर्दछौं ।’
‘राहत वितरण गर्ने क्रममा भएको ढिलासुस्तीको अवस्थाप्रति हाम्रो गम्भीर चिन्ता रहेको छ,’ संयोजक प्रा.डा.कोइरालाले भने, ‘राहत, सुरक्षित आवास र उचित क्षतिपूर्ति सहित पुनःस्थापनाको व्यवस्थाको लागि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै राहत वितरण कार्यका लागि स्थानीय तहको अगुवाईमा पीडित व्यक्ति र परिवारमा यथाशीघ्र राहत पुर्याउने व्यवस्था गर्न समेत आग्रह गर्दछौं ।’
‘विपतको घडीमा आवश्यक सहयोगका लागि राजनैतिक दल, भ्रातृ तथा शुभेच्छुक संघ संस्था, निजी क्षेत्र, उद्योगी व्यवसायी प्रतिष्ठान, वित्तीय संघ संस्था एवं मित्र राष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग हार्दिक अपील गर्दै विपदको यस कठिन घडीमा मानवीय सेवामा निरन्तर जुट्न पार्टीका सबै तहका साथीहरूलाई यो बैठक पुनः आव्हान गर्दछ,’ संयोजक प्रा.डा.कोइरालाले भने ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया