उद्धव थापालाई पदमुक्त गर्न बागमतीकी उपसभामुख चापागाईंद्वारा आनाकानी
हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उद्धव थापालाई पदमुक्त गर्ने बागमती प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईंले आनाकानी गरेकी छिन् ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले उद्धव थापालाई पदमुक्त गर्न उपसभामुखद्वारा आनाकानी गर्नु विडम्बनापूर्ण भएको बताएका छन् ।
बागमती प्रदेश राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले सोमबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत उद्धब थापालाई पदमुक्त गर्न जोडदार ढंगबाट कुरा उठाएकी छिन् । तैपनि उपसभामुख चापागाईंले आनाकानी गरेको राप्रपाले जनाएको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उद्धव थापालाई पदमुक्त गर्न बागमती प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईंलाई पत्र पठाएका थिए ।
राप्रपाको निर्णय र निर्देशन विपरीत उद्धव थापाले एमालेका मुख्यमन्त्री किरण थापा मगरलाई समर्थन गरेका थिए । त्यसपछि उद्धव थापालाई अनुशासनको कारबाही गर्दै पदमुक्त गर्ने निर्णय गरिसकेको छ ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया