२.० कांग्रेस भनेको कायर हो, गगनहरूबाट महाधिवेश हुन सक्दैन : नेता कार्की

काठमाडौं । नेपाली कांग्रेसका नेता केदार कार्कीले कथित विशेष महाधिवेशनबाट आएको कार्यसमितिका १/२ जना बाहेक अधिकांश नेताहरू नियमित महाधिवेशनमा पराजित हुने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत पूर्वमुख्यमन्त्री समेत रहेका नेता कार्कीले गगन थापाहरूको नाम नलिएर उनीहरूबाट अहिलेकै अवस्थामा महाधिवेशन सम्भव नहुने बताए । उनले महाधिवेशन भइहाल्यो भने पनि अहिलेको अहिलेको कार्यसमितिका १÷२ जनाले मात्रै निर्वाचन जित्ने बताए ।

नेता कार्कीले भने, ‘ढुक्क हुनुस् यहि अवस्थामा यिनीहरूबाट मात्र महाधिवेशन भयो भने पनि १/२ जना बाहेक आउँदैनन् ।’

‘न यिनले टिकेट दिन्छन् । न पद खोस्न सक्छन् । लोभले लाभ लाभले अलाप विलाप होला । २.०=०= कायर हो,’ कार्कीले भने, ‘नेपाली कांग्रेस बनाऔं संवाद र सहजीकरण मार्फत नियमित महाधिवेशन गरौं ।’

कांग्रेस नेता कार्कीले भने, ‘दासले मुक्ति खोजौं, लासले जीवन । भ्रातृ संस्था नियुक्ति शक्तिको दुरुपयोग ।’

Published : Tuesday, 2026 June 16, 8:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया