प्यूठानमा सात थान भरूवा बन्दुक बरामद
बाग्दुला । जिल्ला प्रहरी कार्यालय, प्युठानले सात थान एकनाले भरूवा बन्दुक बरामद गरेको छ ।
नौबहिनी गाउँपालिका वडा नं. ७ लेखखर्कस्थित खानेपानी ट्याङ्की नजिक खोचबाट एकनाले भरूवा बन्दुक ३ थान बरामद गरेको प्रहरीले जनाएको छ ।
नौबहिनी गाउँपालिका–७ स्याउले डाँडाखर्कस्थित ढुङ्गाको ओडारबाट एकनाले भरूवा बन्दुक ४ थान सोमबार बिहान प्रहरीले बरामद गरेको जनाएको छ ।
प्रहरी चौकी फोप्लीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको थियो । बन्दुक बरामद भएको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Monday, 2026 May 25, 8:59 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया