डीआईजी थपलियाद्वारा मधेशका लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान सञ्चालन
जनकपुर । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरले लागुऔषध सेवनकर्ताहरूको ब्यापक रुपमा खोजी तथा सुधारात्मक अभियान शुरु गरेको छ ।
शुक्रबार डीआईजी गोविन्द थपलियाले मधेश प्रदेशका आठ वटै जिल्लाका प्रहरी प्रमुख तथा मातहत प्रहरी चौकीहरूसम्म ब्रिफिङ गर्दै सीमा नाकाहरूमा लागुऔषध परीक्षण केन्द्र स्थापना गर्न निर्देशन दिएका छन् । ड्रग्स टेष्ट किडको प्रयोग गरी लागुऔषध सेवन गरे, नगरेको पत्ता लगाउने र सिमानाकाहरूमा नियमित रुपमा आवत जावत गर्ने युवा युवतीहरूको तथ्याङ्क संकलन गरी निग्रानी गर्न मातहतलाई डीआईजी थपलियाले निर्देशन दिएका छन् ।
लागुऔषध सेवनकर्ताहरूलाई सिमानाकामा एक घण्टा सचेतनामुलक अडियो भिजुअलमार्फत प्रशिक्षण दिने र लागुऔषध सेवनकर्ताहरूको अभिलेख विवरण तयार गरी जीपीएस लोकेशन समेत ट्रयाकिङ गरिने कार्यक्रम रहेका डीआईजी थपलियाले बताए ।
मधेश प्रदेश सरकार, स्थानीय सरकार, सुरक्षा निकायहरू तथा सरोकारवाल संघ संस्थाहरू समेतको सहयोग र समन्वय रहने डीआईजी थपलियाले बताए ।
लागुऔषध सेवानकर्तालाई सुधार तथा उपचार गरी सामाजिक पुर्स्थापनाका लागि स्थानीय सरकार तथा प्रदेश सरकारसँग समन्वय गरी युवा लक्षित कार्यक्रमहरू खेलकुद, मनोरञ्जन, सीपमुलक तालिम कार्यक्रम, रोजगार कार्यक्रम लगायत कार्यक्रम सञ्चालन गरिने मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाले बताए ।
महाअभियान अन्तर्गत लागुऔषध ओसारपसारतथा कारोवार गर्ने औषधि पसलहरू, अन्य स्थानहरू तथा लागुऔषध ओसारपसार तथा भण्डारण गर्ने मुख्य कारोबारीलाई निग्रानी गरी पहिचाहन गर्ने र कडा कानूनी कार्वाही गरिने डीआईजी थपलियाले निर्देशन दिएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया