काठमाडौंका तत्कालीन सीडीओ रिजाललाई आंशिक न्याय, हाजिरी जमानीमा रिहा
काठमाडौं । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला प्रशासन कार्यालय, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन् ।
मंगलबार साँझ जिल्ला सरकारी वकिलको रायअनुसार रिजाललाई हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।
सहसचिव रिजाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले मंगलबार बिहान पक्राउ गरेको थियो ।
भदौ २३ र २४ को जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा रिजाललाई पक्राउ गरिएको थियो ।
प्रहरीले यसअघि आयोगको प्रतिवेदन कार्यान्वयनका लागि भन्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया