दाङ– १ को गढवामा तत्कालीन माओवादीका स्थानीय नेता, कार्यकर्ताहरू कांग्रेसमा प्रवेश
गढवा । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् दाङ क्षेत्र नं. १ का उम्मेदवार योगेन्द्र चौधरी र क्षेत्रीय सभापति भेषराज पाण्डेले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।
निर्वाचनको मिति नजिकिएका बेला दाङको देउखुरी गढवा गाउँपालिका वडा नं. ४ रामनगरमा विभिन्न राजनीतिक दल परित्याग गरेका स्थानीय नेता तथा कार्यकर्ताहरूलाई मंगलबार कांग्रेसमा प्रवेश गराइएको हो ।
तत्कालीन माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले बताए ।
नवप्रवेशी स्थानीय नेता तथा कार्यकर्ताहरूलाई टीका तथा खादा लगाएर स्वागत गरिएको थियो । कार्यक्रममा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया