तत्कालीन गृहमन्त्री लेखकमाथि लगाइएको प्रतिबन्ध फुकुवा
काठमाडौं । तत्कालीन गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकलाई लगाइएको प्रतिबन्ध फुकुवा भएको छ ।
भाद्र २३ र २४ गतेको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकमाथि लगाएको भ्रमण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
बिहीबार आयोगको सचिवालयले सूचना जारी गर्दै लेखकको विदेश भ्रमण र काठमाडौं उपत्यका छोड्न नपाउने पूर्व निर्णयलाई हटाएको जानकारी दिएको छ ।
यसअघि अनुसन्धानको सिलसिलामा आयोगले असोज १२ गते लेखकलाई आयोगको अनुमतिबिना उपत्यका बाहिर जान र विदेश भ्रमण गर्न रोक लगाउने निर्णय गरेको थियो ।
घटनाको छानबिनका क्रममा आवश्यक कार्य सम्पन्न भइसकेकाले उक्त प्रतिबन्ध हटाउने निर्णय भएको आयोगकी शाखा अधिकृत रेश्मा बुढा क्षेत्रीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया