बंगलादेशमा हिन्दु युवकको हत्याको विरोधमा नेपालका मुस्लिमहरूद्वारा विरोध प्रदर्शन
वीरगञ्ज । बंगलादेशमा हिन्दू युवाको भएको हत्याको विरुद्ध जनकपुरधाम र वीरगञ्जमा प्रदर्शन भएको छ ।
महिला अभियानी जनकपुरधामको ब्यानर र नेतृ विभा ठाकुरको नेतृत्वमा शुक्रबार जनकपुरधाममा हिन्दू युवक दीपुचन्द्र दासको हत्याको विरोधमा प्रदर्शन गरिएको हो ।
बंगलादेश सरकार मुर्दावाद, हिन्दू हत्या बन्द गर, दीपुचन्द्र दासको हत्यारालाई फाँसी दे, जमाते इस्लाम मुर्दावाद र रोहिंग्या मुसलमान घुसपैठ बन्द ब्यानरसहित महिला अभियानीहरूले प्रदर्शन गरेका थिए ।

यसैगरी, जमिअत उलेमा ए नेपाल बारा र पर्सा जिल्ला समितिले पनि हत्याविरुद्ध वीरगञ्जमा शनिबार प्रदर्शन गरेको छ ।
जमिअत उलेमा ए नेपालका उपाध्यक्ष मौलाना अलि असगर मदानीको नेतृत्वमा निकालिएको ¥यालीमा मुस्लिम समुदायका अगुवाहरूले प्रदर्शन गरेका छन् ।
हिन्दु युवक दीपुचन्द्र दासको हत्यारालाई फाँसी दे, बंगलादेश सरकार मुर्दावाद, बंगलादेशमा हिन्दूको हत्या बन्द गर, मोहम्मद युनुस मुर्दावाद र हिन्दू मुस्लिम एकता जिन्दावादको नारा लगाइएको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया