शान्ति सुरक्षा मिलाउनुपर्छ कांग्रेस, एमालेलगायतका दल चुनावका लागि रेडी छन् : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दल चुनावका लागि तयार रहेको बताएका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा देउवाले भने, ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौं ।’
सभापति देउवाले भने, ‘कांग्रेस पनि रेडी छ । एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ ।’
त्यसका लागि सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्ने देउवाको भनाइ छ । ‘सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ,’ उनले भने ।
प्रधानमन्त्री सुशीला कार्कीले सभापति देउवासहित नेकपा (एमाले)का अध्यक्ष केपी ओली, नेपाली कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेकी थिइन् ।
Published : Saturday, 2025 December 27, 7:41 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया