निर्वाचनमा सहभागी हुन्छौं, शान्ति सुरक्षा चाहिन्छ : वर्षमान पुन
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले जनताको तहमा राजनीतिक दलहरूसँग संवाद बढाएर शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा पत्रकारहरूसँग कुरा गर्दै नेता पुनले सरकारद्वारा गठित संवद समितिलाई घोषित मितिमा निर्वाचन सम्पन्न गर्न पार्टीको पूर्ण समर्थन र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको बताए ।
उनले यही अवस्थामा निर्वाचनमा सहभागी हुन नेकपालाई कुनै समस्या नभए पनि केही राजनीतिक दलहरूले शान्ति सुरक्षासम्बन्धी गुनासो राखेको बताए । ती विषयहरूलाई सम्बोधन गर्न समेत आग्रह गरिएको पुनले बताए ।
नेता पुनले विगतमा मुलुकमा राजनीतिक संकट आउँदा दलहरूलाई एकठाउँमा ल्याउन भूमिका खेलेको पार्टी संयोजक पुष्पकमल दाहाललाई राजनीतिक दलहरूलाई एकठाउँमा ल्याउन पहल गरिदिन समेत सरकारको तर्फबाट आग्रह गरिएको बताए ।
उनले प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा पार्टीले सबै राजनीतिक दलहरूसँग संवाद गरिरहेको समेत बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया