विरोध थेग्न नसकेपछि सरकार र जाँचबुझ आयोग झुक्यो, ३ जनाको स्थानहद फिर्ता
काठमाडौं । चौतर्फी आलोचना भएपछि बाध्यए भएर भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको घटनाबारे प्रतिवेदन तयार पार्न गर्न भएको जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ ।
मंगलबार जाँचबुझ आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका सीडीओ छविलाल रिजाललाई पत्र पठाएर स्थानहद फुकुवा गरेको जनाएको हो ।
आयोगका उपसचिव कमलप्रसाद पाण्डेले पठाएको पत्रमा उनीहरूको स्थानहद फुकवा गरिएको र विदेश भ्रमण गर्न समेत पाउने बताइएको छ ।
उनीहरूको बयान सकिएकाले स्थानहद फुकुवा गरिएको जनाइएको छ । यसअघि गुप्तचर अर्थात राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापाको बयान सकिएपछि उनको पनि स्थानहद फुकुवा गरिएको थियो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा छानबिन गर्नुपर्ने भन्दै उनीहरूलाई स्थानहद तोकिएको थियो । स्थान हद तोकिएपछि विरोध भएको थियो । अन्तरिम सरकारको निकै आलोचना पनि भएको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया