न्यायाधीशको योग्यतामाथि प्रश्न उठ्यो, रवि रिहाइको फैसला विवादास्पद भन्ने सुनेको छु : अध्यक्ष ओली
काठमाडौं । एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले सहकारी ठगी र संगठित अपराधका अभियुक्त रवि लामिछानेलाई थुन्ने कुरामा आफ्नो हात नरहेको बताएका छन् ।
हिमालय टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा ओलीले भने, ‘उहाँ (रवि लामिछाने)लाई थुन्नेमा मेरो हात थिएन । छुट्ने कुरामा पनि मेरो हात छैन । त्यस कुराबाट म ईनडिफ्रेण्ड छु ।’
‘एउटा मैले पढेको थिएँ । यो फैसला गर्ने न्यायाधीशले निराधार फैसला ग¥यो । त्यस कारण न्यायाधीशको योग्यतामाथि प्रश्न उठ्यो भनेर केही मान्छेहरूले प्रश्न उठाएको र मुद्दामा जान्छौँ भनेको मैले सुनेको थिएँ । योग्यताको प्रश्नलाई लिएर,’ अध्यक्ष ओलीले भने ।
‘त्यो मैले सञ्चारमाध्यममा देखेको हो । अलिकति विवादास्पद त रहेछ क्या हो ? यो रिहाइ । त्यसैले त राजनीतिमा हरेक कुरा विवादास्पद हुने गर्छ । त्यो आफ्नो ठाउँमा छ,’ ओलीले भने, ‘यसमा मेरो कुनै प्रकारणको संलग्नता नभएको हुँदा मैले केही भनिरहनु नै खासमा आवश्यक्ता ठान्दैन यसमा ।’
भावी दिनमा रवि लामिछानेसँगको सम्बन्ध कस्तो होला भन्ने प्रश्नको जवाफमा ओलीले भने, ‘मैले रवि लामिछानेलाई गुन लगाएँको थिएँ । रवि लामिछानेले मसँग अनावश्यक दुश्मनी गरे, किन गरे ? थाहा छैन । भेट हुँदा सोध्छु ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया