एक ईञ्च नझुकेर जाँचबुझ आयोगलाई दिए तत्कालीन आईजीपी खापुङ्गले कडा बयान
काठमाडौै । नेपाल प्रहरीका तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ्गसँग भदौ २३ र २४ को घटना जाँचबुझ गर्न गठित आयोगले बयान लिएको छ ।
बिहीबार सिंहदरबारस्थित कार्यालयमा आयोगले खापुङ्गको बयान लिएको हो । यसअघि पनि खापुङ्गले आयोगमा बयान दिएका थिए । खापुङ्गले आयोगसमक्ष एक ईञ्च पनि नझुकेर बयान दिएका छन् । उनले कानूनी आधारहरूमा टेकेर बयान दिएका छन् ।
तत्कालीन आईजीपी खापुङ्गले जेनजी प्रदर्शनका क्रममा प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारी र कानूनले दिएको अधिकार प्रयोग गरेको आयोगसमक्ष बयान दिएको स्रोतले जनाएको छ ।
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका बेला खापुङ्ग प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका थिए । भदौ २३ गते अत्यधिक बल प्रयोग गरेको र भदौ २४ गते सार्वजनिक सम्पत्तिको सुरक्षा दिन नसकेको आरोप खापुङ्गलाई लागेको छ ।
आयोगले अर्को साता तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकसहितको राजनीतिक नेतृत्वसँग पनि बयान लिने तयारी गरेको छ ।
३ महिनाको समय पाएको आयोगको कार्यअवधि पुस ९ सकिँदैछ । सरकारले आयोगको कार्यकाल समेत थप गरिसकेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया