सिन्धुपाल्चोक १ बाट कांग्रेस नेता मोहन बस्नेत सर्वसम्मत एकल सिफारिस
बाह्रबिसे । नेपाली कांग्रेस, सिन्धुपाल्चोक क्षेत्र नं. १ ले प्रतिनिधिसभा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई एकल सिफारिस गरेको छ ।
बुधबार बसेको क्षेत्रीय कार्यसमितिले नेता बस्नेतलाई प्रत्यक्षतर्फ एकल सिफारिस गरेर पठाउने सर्वसम्मत निर्णय गरिएको क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बताएका छन् ।
प्रतिनिधिसभा समानुपातिकतर्फ डा.प्रेमध्वज लामा र दोर्जे लामा तथा महिला समानुपातिकतर्फ यस्मिन ढुङ्गनालाई सिफारिस गरिएको सभापति बस्नेतले बताए । राष्ट्रिय सभातर्फ भोला बोहरा र जंगबहादुर लामालाई सिफारिस गरिएको छ ।
केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको सभापतित्वमा बसेको बैठकमा सिन्धुपाल्चोक १ का अगुवा नेता तथा कार्यकर्ता र युवाहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया