युवा संघका अध्यक्ष थेबे नेतृत्वको टोलीद्वारा मन्त्री घिसिङसँग भेट
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री कुलमान घिसिङसँग राष्ट्रिय युवा संघ, नेपालका अध्यक्ष क्षितिज थेबे नेतृत्वको टोलीले भेट गरेको छ ।
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री घिसिङसँग अध्यक्ष थेबे नेतृत्वको टोलीले एमालेको महाधिवेशनलाई असर पर्ने गरेर सडकमा अबरोध हुने गरी कार्य नगर्न आग्रह गरेको हो ।
थानकोट–नागढुङ्गा–मुग्लिन सडकखण्ड मंसिर २४ देखि पुष १ गतेसम्म सडक बन्द गरी निर्माण गर्ने सरकारको निर्णयबाट प्रत्यक्ष रूपमा नेकपा (एमाले)को महाधिवेशन प्रभावित हुने अध्यक्ष थेबेले मन्त्री घिसिङलाई जानकारी गराएका छन् ।
मंसिर २७ देखि २९ गतेसम्मको एमालेको महाधिवेशनलाई प्रभाव पार्ने भएको र ट्राफिक अस्तब्यस्त हुने भन्दै युवा संघले भौतिक पूर्वधार तथा यातायात व्यवस्थामन्त्री घिसिङसँग भेट गरी अबरोध हुने कार्य नगर्न अनुरोध गरेको अध्यक्ष थेबेले बताएका छन् ।
‘हाम्रो महाधिवेशनमा आउनु हुने सहभागीलाई मंसिर २६, २७, २८ गतेसम्म काठमाडौं प्रवेशमा पूर्ण रूपमा सडक सहजता अपनाउने जानकारी मन्त्रीज्यूबाट भएको छ,’ अध्यक्ष थेबेले भनेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया