कांग्रेस सभापति देउवासँग उखु किसानहरूद्वारा भेट, माग सम्बोधनमा पहल गर्न आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आन्दोलनरत उखु किसानहरूले भेट गरेका छन् ।
बुधबार बुढानिलकण्ठस्थित निवासमा सभापति देउवासँग भेट गरेर उखु किसानहरूले आफूहरूको आन्दोलन र मागका विषयमा जानकारी गराएको नेपाली कांग्रेसका नेता डा.अबुल हुसैन अन्सारीले बताएका छन् । डा.अन्सारीले भने, ‘उखु किसानहरूले सभापति शेरबहादुर देउवाज्यूसँग भेट गरेर आफूहरूको माग सम्बोधनका लागि आग्रह गर्नुभएको छ । सभापतिज्यूले पनि उखु किसानहरूको मागप्रति आफू साथमा रहेको बताउनुभएको छ ।’
उखु किसानहरू झण्डै एकहप्तादेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । सरकारले उखुको मूल्य प्रतिक्वीन्टल ७० रुपियाँबाट घटाएर ३५ रुपियाँमा झारेपछि किसानहरू आन्दोलनमा छन् ।
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा अनुदान रकम घटाएर तोकिएको प्रतिक्वीन्टल ३५ रुपियाँलाई तत्काल पहिलाकै दर ७० रुपियाँ कायम गर्दै बक्यौता रकम भुक्तानी गर्नुपर्ने माग उखु किसानको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया