कांग्रेसले आफ्ना सांसदहरू बोलायो, मानव तस्करीमा मुछिएकी रानाबारे विषय निर्णय हुने
काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई संसदीय दलको कार्यालय, सिंहदरबार बोलाएको छ ।
कांग्रेसले आफ्ना सांसदहरूलाई १२ बजेभित्र सांसदीय दलको कार्यालयमा उपस्थित भइसक्नुपर्ने निर्देशन दिएको छ ।
मानव तस्करीको अभियोग लागेकी उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी भएको बुझिएको छ । कांग्रेसले छलफल र हस्ताक्षरका लागि सांसदहरूलाई बोलाएको हुन सक्ने स्रोतको भनाइ छ ।
यसअघि एमालेले पनि साढे १० बजे आफ्ना सांसदहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
उपसभामुख मगरले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा रानामाथि छानबिनको माग भइरहेको थियो ।
Published : Tuesday, 2025 August 19, 9:49 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया