सभापति देउवासँग निवासमै पुगेर भारतीय विदेशसचिव मिस्रीद्वारा भेट
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतका विदेशसचिव विक्रम मिस्रीले भेटवार्ता गरेका छन् ।
आइतबार बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा विदेशसचिव मिस्रीले भेट गरेका हुन् । भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको पनि उपस्थिति रहेको थियो ।
सभापति देउवा र भारतीय विदेशसचिव मिस्रीबीच नेपाल–भारत दुई पक्षीय सम्बन्धका विषयमा छलफल भएको छ ।
‘मेरो निवासमा आज भारतीय विदेश सचिव विक्रम मिस्रीलाई स्वागत गर्न पाउँदा खुसी लाग्यो,’ सभापति देउवाले भने, ‘हाम्रा छलफलहरूले नेपाल–भारतको नजिकको र बहुआयामिक सम्बन्धलाई थप बलियो बनाउन केन्द्रित छन् ।’
‘नेपाल–भारतबीच आपसी विश्वास, सद्भावना, र हाम्रो क्षेत्रमा समृद्धि र स्थिरताको लागि साझा आकांक्षामा आधारित छ,’ भेटपछि सभापति देउवाको सचिवालयले भनेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया