परराष्ट्रमन्त्री डा.राणाद्वारा ७९औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना प्रदान
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना तथा बधाई दिएकी छिन् ।
शुक्रबार डा.राणाले भारतीय विदेशमन्त्री डा.एस.जयशंकरलाई सम्बोधन गर्दै भारतका नागरिकलाई बधाई तथा शुभकामना दिएकी हुन् ।
‘भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा मेरो हार्दिक बधाई तथा शुभकामना छ,’ डा.राणाले भनेकी छिन्, ‘नेपालले भारतसँगको दीर्घकालीन र स्थायी साझेदारीलाई गम्भीरताको साथ मूल्यांकन गर्दछ ।’
‘यस स्वतन्त्रता दिवसमा, हामी भारतका नागरिकलाई निरन्तर समृद्धि, एकता, र सद्भावको कामना गर्दछौं,’ डा.राणाले भनेकी छिन्, ‘भारत लोकतन्त्रको एउटा उज्यालो उदाहरण रहोस् र संसारभरका देशहरूलाई प्रेरणा प्रदान गरिरहोस् ।’
Published : Friday, 2025 August 15, 9:03 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया