कुँवरलाई कैलाली तरुण दलको कार्यवाहक अध्यक्षको जिम्मेवारी
काठमाडौं । नेपाल तरुण दल, कैलालीको कार्यवाहक अध्यक्षको जिम्मेवारी नरेश कुँवरले पाएका छन् ।
बुधबार तरुण दलका अध्यक्ष विद्वान गुरुङले कुँवरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको पत्र दिएका छन् ।
कुँवरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी नेपाल तरुण दल महाधिवेशन निर्देशक समितिको निर्णय अनुसार जिम्मेवारी दिइएको अध्यक्ष गुरुङले बताए ।
‘प्रस्तुत विषयमा नेपाल तरुण दल, कैलाली जिल्ला कार्यसमितिमा तपाईले पाउनु भएको कार्यवाहक अध्यक्षको जिम्मेवारीलाई नेपाल तरुण दल महाधिवेशन निर्देशन समितिको निर्णय अनुसार अनुमोदन गरिएको छ,’ अध्यक्ष गुरुङले भने ।
पत्रमा भनिएको छ, ‘विश्वास छ तर्पाइले नेपाल तरुण दल जिल्ला कार्यसमिति कैलालीको कार्यवाहक अध्यक्षको रुपमा रही संगठनको निर्माणका लागि सम्पूर्ण कार्यहरू गर्नु÷गराउनु होला ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया