माओवादीका भ्रष्टाचारी मेयर थापालाई ८ वर्ष कैद र १० करोड जरिवाना
काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर समेत रहेका नेकपा (माओवादी केन्द्र)का नेता भरतकुमार थापालाई ८ वर्ष कैद र १० करोड रुपियाँ जरिवाना निर्धारण भएको छ ।
बिहीबार विशेष अदालतले मेयर थापासहित ३ जनालाई सजाय निर्धारण गरेको हो । उनीहरूलाई ८ वर्ष कैद तोकिएको छ । पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ क्षतिपूर्ति भराउन भनिएको छ ।
भरत ताल निर्माणमा भ्रष्टाचार भएको ठहरसहित विशेष अदालत, काठमाडौंले साउन २१ गते मेयर थापा, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र अर्का कर्मचारी सागर पौडेल तीनजनाले भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरको थियो ।
भरत ताल निर्माणका क्रममा नदीजन्य पदार्थ उत्खनन् गरी हिनामिना गरेको आरोपमा मेयर थापासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया