विद्या भण्डारीको पक्षमा खुलेपछि एमालेका तीन नेताहरूलाई कारबाही
काठमाडौं । एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघले आफ्ना स्थायी कमिटी सदस्यसहित तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
काठमाडौंमा बसेको महासंघको बैठकले स्थायी कमिटी सदस्य तथा केन्द्रीय कमिटी सदस्यहरू हरिवंश कडरिया, कमलमणि गौतम र हरि बर्तौलालाई स्पष्टीकरणसहित कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका थप तीन जना नेता–कार्यकर्तामाथि एमालेले कारबाही प्रक्रिया अघि बढाएको हो ।
स्पष्टीकरण सोध्नुका साथै आवश्यक छानबिन गरी कारबाही अघि बढाउने जिम्मा अनुशासन आयोगलाई दिइएको महासंघले जनाएको छ ।
उनीहरूले सामाजिक सञ्जालमा पार्टीबारे अराजक अभिव्यक्ति राखेको आरोप छ । यसअघि एमालेले भण्डारीको पक्षमा खुलेका युवा संघसहित विभिन्न भ्रातृ संगठनका नेता र कार्यकर्तालाई स्पष्टीकरण सोध्नुका साथै कारबाही गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया