काण्डैकाण्ड लागेर कारबाही भएका एसपीको फेरि २ नम्बर काटिने, अमेरिका बसेर हर्कत
काठमाडौं । काण्डैकाण्ड लागेका र कारबाहीमा परेका नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) विमल बस्नेतले एसएसपी बढुवा सिफारिसविरुद्ध उजुरी हालेका छन् ।
प्रहरी हेडक्वाटर नक्सालले एसपी बस्नेतलाई अमेरिकामा कामको लागि पठाएको छ । एसपीबाट एसएसपी बढुवामा छुटेपछि बस्नेतले अमेरिकाबाट मेलमार्फत उजुरी हालेका छन् ।
राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा समायोजन हुन आएका एसपी बस्नेत प्रदेश ट्राफिक प्रहरी कार्यालय, सुर्खेतको प्रमुखका रुपमा कार्यरत रहँदा आफू मातहतका युनिटबाट पैसा असुल गरेको पुष्टि भएपछि निलम्बनकासाथै कडा कारबाहीमा परेका थिए । एसपी बस्नेतले मातहतका युनिट र ईन्चार्जहरूबाट सिधै कमिशनको रकम आफ्नो बैंक खातामा राख्न लगाउने गरेका थिए । ट्राफिकले जवरिबाना वापत लिएको राजस्व पनि एसपी बस्नेतले आफ्नो खातामा राखेका थिए ।
एसपी बस्नेतलाई ५ वर्षसम्म बढुवा गर्न अयोग्य भनेर प्रहरी प्रधान कार्यालय, नक्साल र गृह मन्त्रालयले बढुवा गरिदिएको थिएन ।
भ्रष्ट, नैतिक आचरण कमजोर, कार्यसम्पादनमा पछाडि भएकै कारण एसपी बस्नेत बढुवामा छुट्दै आएका छन् । बढुवामा छुटेपछि नेपाल प्रहरीविरुद्ध उजुरी दिएर संगठनभित्रको चेकअफ कमाण्डलाई तोड्ने कार्य गरेका छन् ।
काण्डैकाण्ड लागेपछि कारबाहीमा परेका एसपी बस्नेतलाई तत्कालीन समयमा बर्खास्त गर्नुपर्ने थियो । बढुवा रोक्का गरिदिए पनि प्रहरी संगठनले बस्नेतलाई सुध्रिने मौका दिएको थियो । बस्नेतले प्रहरी संगठनविरुद्ध नै उजरी गर्न थालेका छन् ।
साउन ५ गते गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी अध्यक्षता रहेको बढुवा समितिले ११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको थियो ।
प्रहरी नियमावलीअनुसार यसउपर लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहने उजुरी सुन्ने समितिले यसमा सुनुवाइ गर्नेछ । जसमा मुख्यसचिव र कानूनसचिव सदस्य रहनेछन् । नम्बर गणना गर्दा नै नमिलेको अवस्थामा बाहेक यस्तो समितिलाई सिफारिस उल्टाउन सक्ने अधिकार छैन ।
आफ्नै प्रहरी संगठन र नेतृत्वविरुद्ध उजुरी हालेका एसपी बस्नेतको अब दुई नम्बर कटौती हुनेछ । ३÷४ महिनापछि हुने बढुवामा पनि एसपी बस्नेत छुट्ने सम्भाना निकै छ । एसपी बस्नेत भ्रष्ट, नैतिक आचरण कमजोर, विवादित र झल्लु भनेर प्रहरी संगठनमा चिनिएका छन् ।
बढुवा प्रक्रियामा चित्त बुझेको छैन वा असन्तुष्टि थियो भने आईजीपी दीपक थापा र गृहमन्त्री रमेश लेखकसँग भेट गरेर जानकारी गराउनु पर्ने थियो । अमेरिकामा बसेर आफ्नै संगठनविरुद्ध उजुरी हाल्ने एसपी बस्नेतमा कुनै सुधार आएको छैन । एसपी बस्नेतलाई प्रहरी संगठनप्रति माया छैन भनेर नक्सालमा चर्चा भएको छ ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया