प्रधानमन्त्री ओली र सभापति देउवासहितका एमाले–कांग्रेसका नेताहरूबीच छलफल
काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूबीच छलफल भएको छ ।
बिहीबार बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको हो । कांग्रेससँग एमालेले बागमती प्रदेशमा देखिएको सत्ता समीकरणको विवादका विषयमा चासो राखेको छ ।
कांग्रेसले बागमतीको सत्ता समीकरणको विषय आफूहरूको आन्तरिक विषय भन्दै आफैं मिलाउने जवाफ एमालेलाई दिएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बागमतीको विवादबारे छलफल भएको बताए । बागमतीको विषय कांग्रेसको आन्तरिक विषय भएको र त्यसमा केही दिनमै निकास दिन्छौं भनेर एमालेलाई जवाफ दिएको उपसभापति खड्काले बताएका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले संसदीय दलको नेता पद गुमाएका छन् । बुधबार भएको निर्वाचन प्रक्रियामा लामालाई ईन्द्रबहादुर बानियाँले भारीमतको अन्तरले हराइदिएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया