मुख्यमन्त्री र दलको नेता पद बचाउन सांसदहरूलाई लामा–चित्रकारद्वारा मन्त्री र पैसाको प्रस्ताव
हेटौंडा । नेपाली कांग्रेसका बहुमत सांसदहरूले संसदीय दलको नेताबाट हटाउन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि पद बचाउन सांसदहरूलाई विभिन्न प्रलोभनहरू बाँडिएका छन् ।
मुख्यमन्त्री लामा र संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सांसदहरूलाई फोन गरेर मन्त्री बनाइदिने आश्वासन दिइरहेका छन् । एकजना सांसदले भने, ‘मलाई बहादुरसिं लामा र रामकृष्ण चित्रकारजीले पालैपालो फोन गरेर मन्त्री बनाउने आश्वासन दिनुभएको छ । पैसाको पनि प्रस्ताव गर्नुभएको छ । त्यसका लागि अविश्वासको प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिन भनिएको छ ।’
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता भएपछि लामा मुख्यमन्त्री र संसदीय दलको नेता पद जोगाउन सबैखाले प्रयासमा गरिरहेका छन् ।
गत शुक्रबार कांग्रेसका २१ सांसदले दल नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् । तीमध्ये चारजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । रिक्त पदमा आफूहरूविरुद्ध हस्ताक्षर गर्नेमध्येकै सांसदलाई नियुक्त गरेर आफ्नो पक्षमा बहुमत कायम राख्न मुख्यमन्त्री लामा प्रयासरत छन् ।
लामा र चित्रकारले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरूलाई एक्लाएक्लै भेट गर्नुका साथै फोन गरेर पाँचदेखि २० लाखसम्म प्रस्ताव गरेको चर्चा छ । सभापति शेरबहादुर देउवाविरुद्ध निच र तल्लोस्तरको अभिव्यक्ति दिएपछि संसदीय दलका उपनेता चित्रकारको आलोचना भइरहेको छ । चित्रकार विगतमा ललितपुरमा कांग्रेसका उम्मेदवार हराउन अन्तरघाती हर्कत गरेको आरोप समेत लागेको थियो । अहिले सांसदहरू खरिद विक्री तथा मन्त्री बनाइदिने भनेर प्रलोभनमा पारेर कांग्रेसभित्र गलत कार्य गरिरहेका छन् ।
मतदानमा कम्तीमा १९ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेमा दल नेताबाट लामा पदमुक्त हुनेछन् ।
बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना सांसद छन् । नेताको पद रिक्त भएपछि नयाँ नेता चयनको निर्वाचन प्रक्रिया अघि बढ्नेछ । लामाविरुद्ध पार्टी सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह र महामन्त्री गगन थापापक्षीय सांसदहरूले हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।
हाल नेपाली कांग्रेस बागमतीका सभापति एवम् सांसद बानियाँका पक्षमा २१ र लामाका पक्षमा १६ प्रदेशसभा सदस्य देखिएका छन् । कांग्रेस बागमती प्रदेश दल नेताका लागि यसअघि भएको मतदानमा लामाका पक्षमा २१ र बानियाँका पक्षमा १६ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया