सडकमा राति हैरान बनाउने ६ जना तेस्रो लिङ्गीहरू पक्राउ

धनगढी । कैलाली जिल्लामा सडकमा हिडडुल गर्ने व्यक्तिहरूलाई अनावश्यक हैरानी दिने ६ जना तेस्रो लिङ्गीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

असार ७ गते राति १० बजेतिर धनगढी उप–महानगरपालिका वडा नं. ३ चटकपुरस्थित सडकमा हिँडडुल गर्ने मानिसहरूलाई अनावश्यक हैरानी दिने तेस्रो लिङ्गीहरूलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिगएको प्रहरी टोलीले तेस्रो लिङ्गीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि हिरासत कक्षमा राखिएको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ४ बस्ने वर्ष २५ की उर्मिला थापा, कैलालीको धनगढी उप–महानगरपालिका वडा नं. ०६ बस्ने वर्ष १९ की रेनुसिंह ठकुरी, कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ०५ बस्ने वर्ष १८ की पारु ठकुरी रहेका छन् ।

गौरीगंगा नगरपालिका वडा नं. ४ बस्ने वर्ष १९ की अनु मगर, कञ्चनपुरको पुर्नबास नगरपालिका वडा नं. १० बस्ने वर्ष १९ की निशा खड्का, बझाङको जयपृथ्वी नगरपालिका वडा नं. १० बस्ने वर्ष १८ की निशा बोहरालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

Published : Sunday, 2024 June 23, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया