नयाँ बानेश्वरको सस्तो बजारमा बिहारका युवकद्वारा करणी

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले काठमाडौंबाट एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

१९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने भारतको बिहार राज्य मोतीहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

जैसवालले ती महिलालाई काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरस्थित सस्तो बजारमा जबरजस्ती करणी गरेको अभियोग लागेको छ ।

पीडित महिलाको उजुरीको आधारमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले जैयसवाललाई पक्राउ गरेको हो ।

Published : Sunday, 2024 June 23, 8:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया