आयोगको अध्यक्षमा धिताल, बोर्डको कार्यकारी निर्देशकमा यादव नियुक्त
काठमाडौं । रामप्रसाद धिताललाई सरकारले विद्युत् नियमन आयोगकोे अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले धिताललाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताए । आयोगको सदस्यहरूमा डा.मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय भएको छ ।
सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा राजेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ ।
मन्त्रिपरिषदले स्थानीय पूर्वाधार सहयोग कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशमा पछिल्लो भूकम्पका कारण भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप ८.१ मिलियन पाउन्ड बराबर अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया