श्री एयरलाइन्सले सेकेण्ड ह्याण्ड अर्को ठूलो जहाज काठमाडौं ल्यायो

काठमाडौं । श्री एयरलाइन्सले ८० सिट क्षमता रहेको पुरानो (सेकेण्ड ह्याण्ड) जहाज नेपला ल्याएको छ ।
सेकेण्ड ह्याण्ड जहाज शुक्रबार राति काठमाडौंंमा ओर्लिएको छ । श्री एयरलाइन्सले क्यानाडाको तत्कालीन बम्बार्डियर (हाल डि हाभिलैण्ड अफ क्यानाडा) कम्पनीमा निर्मित क्यु ४०० ड्यास ८ विमान ल्याएको जनाएको छ ।
थप १ सेकेण्ड ह्याण्ड जहाज नेपाल ल्याएपछि श्री एयरलाइन्ससँग सातवटा ड्यास ८, सिआरजे २०० र सिआरजे ७०० गरी फिक्स विङ्स जहाजको संख्या ११ पुगेका छन् ।
श्री एयरलाइन्ससँग ८ वटा रोटर विङ्स (हेलिकप्टर) रहेका छन् । १९ जहाजसहित श्री एयरलाइन्स देशकै सबैभन्दा धेरै जहाज हुने कम्पनी बनेको दाबी गरेको छ ।
श्री एयरलाइन्सले शुक्रबार राति काठमाडौं ल्याएको क्यु ४०० ड्यास ८ जहाज यसअघि अमेरीकाको होराइजन एयर तथा अलास्का एयरले संचालन गरेको थियो ।
क्यानाडाको प्राट एण्ड व्हिएनी कम्पनीबाट निर्मित ५४०० साफ्ट हर्पपावरका पिडब्लूआइएसओए इन्जिन जडित भएको श्री एयरलाइन्सले जनाएको छ ।
स्व.बनवारीलाल मित्तलले ६३ वर्षको उमेरमा ०५५ सालमा हेलिप्कटरहरूबाट नेपालको अति दुर्गम तथा विकट, हिमाली क्षेत्रहरूमा खाद्यन्न ढुवानी, पर्यटकीय क्षेत्रमा आकस्मिक उद्धार तथा पर्यटकीय सामानहरू ढुवानी, निर्माण सामाग्री, जल विद्युतका र सडक आयोजनाका निर्माण गर्न विशेष प्रकारका मेशिनरी ढुवानी गर्न एयर अनन्या स्थापना गरेका थिए । पछि नाम परिवर्तन गरी श्री एयरलाईन्स राखिएको थियो ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया