ओलीको काम बनाउने होइन, भत्काउने हो, १ महिनामा ढलेर कांग्रेस-माओवादी सरकार बन्छ : दुर्गा प्रसाइँ

काठमाडौं । मेडिकल व्यवसायी एवम् समाजसेवी दुर्गा प्रसाइँले १ महिनाको आसपासमा नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर नयाँ सरकार बनाउने दाबी गरेका छन् ।

पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा व्यवसायी प्रसाइँले १ महिनाभित्र प्रधानमन्त्री दाहालले पदबाट राजीनामा दिएर कांग्रेससँग अर्को सरकार बन्ने बताए । उनले प्रधानमन्त्री दाहाल नै बन्ने बताएका छन् ।

‘मेरो बिचारमा यो सरकारको आयु १ महिना होला । यो सरकार ढलेर प्रचण्ड नै प्रधानमन्त्री भएर कांग्रेसलाई ल्याएर अहिले त्यहि भएर जान्छ जस्तो लाग्छ । किन भने शेरबहादुर देउवा र प्रचण्डबीच सहकार्य हुन्छ’, प्रसाइँले भने ।

‘केपी ओलीले त खेलाउने मात्रै हो नी । केपी ओलीको काम भनेको भत्काउने हो । केपी ओली राजनीतिक नेता होइन नी । भत्काउने नेता हो । केपी ओली राजनेता होइन । कुन किङ मेकर गरे ? धत् त्यस्तो मूला झारझुरे खेलेर । त्यो होइन । केपी ओलीले भरखर राजनीति दुर्गा प्रसाइँबाट सिक्दै छन्’, प्रसाइँले भनेका छन् ।

‘तपाईले बुझ्नु भएन ? महेश बस्नेतले कस्तो राजनीति गरेको रहेछ । एकसर्ट हान्दा सक्कियो की सक्किएन ? थाम्यो यो दुर्गा प्रसाइँसँग ?’, प्रश्न गर्दै उनले भने ।

Published : Thursday, 2024 June 20, 10:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया