निमाद्वारा चीनतर्फबाट सगरमाथा आरोण
काठमाडौं । सोलुखुम्बुकी निमा जाङ्मु शेर्पाले १० दिनमा चीनतर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् ।
निमा चीनतर्फबाट सगरमाथाको चुचुरोमा छोटो समयमा पुग्ने पहिलो महिला बन्न सफल भएकी छिन ।
निमाले मे २४ तारिखको बिहान १०ः०५ बजे चीनतर्फबाट सगरमाथाको छोटो समयमा सफल आरोहण गरेकी क्लाइबालय ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीका निर्देशक मिङ्मा शेर्पाले बताए ।
क्लाइबालय निर्देशक मिङ्माले नै उनलाई सगरमाथा चढ्नका लागि आवश्यक बन्दोबस्तीका सामानहरू, लाग्ने सम्पूर्ण शुल्कका अन्य खर्चको व्यवस्था गरिदिएका हुन् ।
विक्रम संवत् २०४५ साल जेठमा सोलुखुम्बुको नाम्चे–५ साम्देमा जन्मेकी निमाले सन् २०१९ देखि ट्रेकिङ क्षेत्रमा काम गर्दै आएकी छिन् ।
यसअघि निमाले लोबुचे पिक, आइल्याण्ड पिक र रामदुङ पिकको सफल आरोहण गरिसकेकी छिन् ।
सगरमाथाको चुचुरोमा १० दिनमा पाइला टेकेर ११औं दिनमा सगरमाथा आधार शिविरमा आइपुगेको निमाले बताइन् ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया