धार्मिक संहिष्णुता र सदभाव बढाउन बकर ईदले प्रेरणा मिलोस् : अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले बकर ईद अर्थात् ईद उल अजहाको अवसरमा शुभकामना दिएका छन् ।
सोमबार शुभकामना सन्देश दिँदै अध्यक्ष गुरुङले समाजमा धार्मिक संहिष्णुता र सदभाव बढाउन बकर ईद पर्वले सबैमा प्रेरणा मिलोस् भन्दै शुभकामना दिएका छन् ।
अध्यक्ष गुरुङले यस खालका पर्वले आपसी भाइचाराको सम्वन्धलाई सुदृढ बनाउने बताएका छन् । उनले विभिन्न जातजाति, धर्म, संस्कृतिले परिचित भएको नेपालको आफ्नै मौलिकता रहेको बताएका छन् ।
‘समाजमा धार्मिक संहिष्णुता र सदभाव बढाउन बकर इद पर्वले सबैलाई प्रेरणा मिलोस्’, अध्यक्ष गुरुङले भनेका छन् ।
Published : Monday, 2024 June 17, 9:17 am
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया