सभापति राजकिशोर यादवले दिए सह-अध्यक्ष पदमा उम्मेदवारी

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवले सह–अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

जनकपुरधाममा जारी जसपा नेपालको महाधिवेशनमा यादवले सह–अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

सिरहा जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद यादव पूर्वमन्त्री पनि हुन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति समेत रहेका यादवले आफूलाई मतदान गरेर सह–अध्यक्ष पदमा निर्वाचित गराउन अपील गरेका छन् ।

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव सर्वसम्म चयन भइसकेका छन् । पदाधिकारीसहितका पदमा निर्वाचन हुन लागेको छ ।

अशोक राईलगायतका नेताहरूले पार्टी विभाजन गरेका बेला जसपा नेपालको महधिवेशन शानदारका साथ जनकपुरधाममा भएको छ ।

Published : Wednesday, 2024 June 12, 7:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया