कांग्रेस सांसद चौरसियाद्वारा पर्सामा आँधीबाट भएको नोक्सानीप्रति क्षतिपूर्ति माग, पानीको स्रोत संरक्षण गर्न आग्रह
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/06/jayakumar-chaurasiya.jpg?resize=810%2C483&ssl=1)
काठमाडौं । नेपाली कांग्रेसका सांसद अजयकुमार चौरसियाले पर्सा जिल्लामा आँधी, हावाहुरी, असिना, पानीबाट भएको क्षतिबारेमा जानकारी गराउँद राहत र क्षतिपूर्तिको माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आकिस्मक समय लिएर बोल्दै सांसद चौरसियाले पर्सा जिल्लामा भएको क्षतिका विषयमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहले कुनै पनि ध्यान नदिएको गुनासो गरे । उनले छिटोभन्दा छिटो प्रभावित जनतालाई राहतको माग गरेका छन् ।
उनले भने, ‘गएको बुधबार राति १२ बजे कमसेकम डेढ सय किलोमिटरको स्पिडमा पर्सा जिल्लाको विभिन्न ठाउँहरूमा आँधी तुफान जस्तो अवस्था थियो । पानी र असिना पनि थियो । दर्जनौं गाउँको सयकडौं घरको छानो उडाएको छ । बालिनाली पनि नष्ट भएको छ । बगैचनाका रुख र बिजुलीको पोलहरू ढलेका छन् । बाटो अबद्ध भएका छन् ।’
‘देशमा तीन वटा सरकार छ । कुनै पनि सरकारको पीडितहरूमा क्षतिपूर्ति र राहत दिने कार्य भएको छैन । पर्सामा राहत र क्षतिपूर्तिको व्यवस्था होस्’, सांसद चौरसियाले भने ।
‘मधेशमा खानेपानीको धाराहरू सुक्दै गएको छ । सरकारले कुनै पनि ध्यान दिएको छैन । स्थानीय तह र प्रदेश सरकार कानमा कपास हालेर सुतेको छ । केन्द्र सरकारले खानेपानीको स्रोत सुक्दै गएकोमा ध्यान दिनुपर्छ’, उनले भने ।
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sherbahadur-Deuba-1-1.jpg?resize=200%2C200&ssl=1)
सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति
शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/07/Sudarshan-Thapaliya.jpg?resize=200%2C200&ssl=1)
फेसबुकबाट तपाईको प्रतिक्रिया